चुनाव हारेर पनि आफ्नो क्षेत्रमा सक्रिय आरजु, यसरी लगाईदिन् पीडितको घाउँमा मलम !

काठमाडौं । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट पराजित भएकी नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवा निर्वाचन क्षेत्र पुगेकी छिन् ।

उनले शुक्रबार गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई जनही पाँच लाख रुपैयाँ सहयोग गरेकी हुन् ।

Advertisement

वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा जोगराजलाई जनही रु पाँच लाख प्रदान गर्दै जनताको सुखदुःखमा आफूले जहिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरिन ।

गत मंसिर ९ गते वडा नं १३ को कैलाली नालामा खेल्ने क्रममा ती दुवैको डुबेर मृत्यु भएको थियो ।

More News last news
Loading...