एजेन्सी । ट्रेनमुनि परेर शरीर दुई टुक्रामा काटिएका एक युवकको टाउकोपट्टिको भागले उठेर आफ्नो परिचय बताएपछि प्रहरीकै होसहवास उडेको छ । ती व्यक्तिले आफ्नो परिचय बताएसँगै उनको ज्यान गएको छ । भारतको महराष्ट्रको नंदूरबार रेलवे स्टेशनमा यस्तो घटना भएको हो।
हिजो सोमबार बिहान साढे १० बजे त्यहाँ एक युवकले मालगाडीको अगाडि हाम्फालेर आत्महत्या गरेका हुन् । उनको शरीर ट्रेनले बीचमाट दुई टुक्रा बनाइदिएको थियो । तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीका एक प्रहरीले उनको टाउको छुँदा उनको शरीर चल्मलायो । लगत्तै टाउकोपट्टिको भाग हातको सहारा लिएर उठ्यो र भन्यो ‘म मालीवाडाको सन्जू हुँ।’
प्रहरीले योभन्दा धेरै जानकारी लिन भने सकेन किनकि तत्कालै उनको प्राण गयो । उनी नंदूरबार मालीवाडाका ३० वर्षका संजय नामदेव मराठे भएको खुलेको छ । उनले आत्महत्या किन गरे भन्नेबारे केही थाहा भएको छैन । भिडियो हेर्नुहोस् …
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
