मानबहादुर विश्वकर्मा राष्ट्रपतिको उम्मेदवार !

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिको चुनावमा मानबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । उपसभामुखको उम्मेदवार भइरहेका उनी देउवा समूहका सांसद हुन्।

राष्ट्रपति चुनाव २९ गतेका लागि तय भएको छ । भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ। कांग्रेसमा हार्ने चुनावमा उम्मेदवारी दिने कि नदिने भन्ने बहस छ।

Advertisement

केहीले हार्ने चुनावमा उम्मेदवारी दिन नहुने बताएका छन् भने केहीले निर्विरोध हुन दिन नहुने मत राखेका छन्।

‘बैठकमा कतिपय नेताहरुले हार्ने निश्चित भएपछि किन चुनावमा जानु भनेर प्रश्न उठाइरहनु भएको छ भने कपियले पार्टी विरासत जोगाउनका लागि भए पनि चुनावमा जानुपर्ने तर्क राख्नु भएको छ’, कांग्रेस निकट स्रोतले भन्यो,‘भरेसम्म टुंगो लाग्छ।’

वाम गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ र उम्मेदवार टुंगो लगाउन अपराह्न स्थायी कमिटी बैठक बोलाइएको छ। वर्तमान राष्ट्रपति विद्या भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपति उम्मेदवारका दावेदार छन् ।

संसदमा प्रष्ट बहुमत भएकाले वाम गठबन्धनको उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ।

More News last news
Loading...