काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको उपनेतामा बिजयकुमार गच्छदार मनोनीत भएका छन् ।
नवनिर्वाचित संसदीय दलका नेता शेरबहादुर देउवाले उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनीत गरेका हुन् । आज दलको नेतामा निर्वाचित भएपश्चात बसेको बैठकले गच्छदारलाई मनोनयन गरेको हो ।
यस्तै बैठकले नवनिर्वाचित दलका नेता देउवालाई हार्दिक बधाई समेत व्यक्त गर्यो ।
बैठकमा बोल्दै सभापति तथा दलका नेताले आफूले सधै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
