काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक मंगलबार बस्ने भएको छ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जनाएका छन् ।
राष्ट्रपतिको उम्मेद्वारका विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी समितिको बैठक मंगलवार अपरान्ह ४ बजे प्रम निवास, बालुवाटारमा बस्दैछ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने पक्षमा रहेको बताइए पनि पार्टीकै केही नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन्।
तर भण्डारी नै दोहोरिने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ।
एमाले-माओवादीसँग स्पष्ट बहुमत छ । यी दुई पार्टीबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले पाउने सहमति भइसकेको छ । त्यसैले एमालेले तय गर्ने उम्मेदवार नै मुलुकका भावी राष्ट्रपति हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
