काँग्रेस दलको नेता चयनका लागि मतदान शुरु, प्रकाशमानले हाले पहिलो मत

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान शुरु भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै मतदान शुरु भएको हो ।

दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री तथा पूर्व उपनेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । दलको नेताका लागि २ प्रतिस्पर्धीले भर्खरै मतदान गरेका छन् । 

Advertisement

मतदानमा पहिलो भोट सिंहले खसाले भने द्रोसो भोट देउवाले खसालेका थिए । मतदान पश्चात २ प्रतिस्पर्धीले मिडियाको आग्रहमा हात मिलाएका थिए । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् ।

मतदान लगत्तै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ । संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको छ ।

More News last news
Loading...