अर्घाखाँची । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ।
रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार साँझ साढे ६ बजे आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो।
उनका श्रीमति, दुई छोरा र दुई छोरी छन्। उनलाई विगत १० वर्षदेखि मुटुसम्बन्धी समस्या रहेको सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर विकले जानकारी दिए ।

उनको सन्धिखर्कस्थित रुक्दी भन्ने स्थानमा दाहसंस्कार गरिएको छ । टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । उनी उपप्रधानमन्त्री समेत भइसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
