बाहिरियो बिचित्रको रहस्य, मृत छोराको वीर्य राखेर आमा बनिन् यी महिला, हेर्नुहोस्

पुणेकी ४९ वर्षीय शिक्षिका राजश्री पाटिलले एक सेरोगेट आमाको मद्दतबाट आफ्नो विवाह नभएई मरेको छोराको जुम्ल्याहा बच्चा जन्माएकी छिन्।

यो कुनै चमत्कार होइन बरु विज्ञानको कमाल हो, जसले एक आमाको दुःखी अनुहारमा फेरी मुस्कान ल्याएको छ।

Advertisement

प्रथमेशको जुम्ल्याहा बच्चाको जन्म उसको शुक्रकिटको मद्दतबाट भएको हो, जसलाई उनको मृत्यु अघि सुरक्षित राखिएको थियो।

‘मेरो छोराको पुनर्जन्म भएको छ’
पुणेको सिंघड कलेजमा पढेको राजश्रीको छोरा प्रथमेश उच्च शिक्षाको लागि सन् २०१० मा जर्मनी गएका थिए।

सन् २०१३ मा उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो, जुन खतरनाक चरणमा पुगिसकेको थियो । त्यो समय उनको वीर्यलाई सुरक्षित गरिएको थियो। यही वीर्यलाई हाल सेरोगेसीमा प्रयोग गरिएको हो । ३५ वर्षीय सरोगेट आमाले एक छोरा एक छोरी जुम्लाहा बच्चाहरु जन्म दिइन्।

राजश्री पाटिलले बीबीसीसँग भनिन् “मैले मेरो प्रथमेश फिर्ता पाएँ। म मेरो छोराको एकदम नजिक थिएँ। ऊ पढ्न एकदम तिक्ष्ण थियो र जर्मनीमा इन्जिनियरिङ्गको स्नातकोत्तरको पढाई गरिरहेको थियो।

सोही समय उसलाई चौथो चरणको क्यान्सर भएको पत्ता लाग्यो। डाक्टरले प्रथमेशलाई किमोथेरापी शुरु गर्नु पहिले वीर्य सुरक्षित गर्न भने।”

प्रथमेशले आफ्नो आमालाई र बहिनीलाई आफ्नो मृत्युपछि मात्र आफ्नो वीर्यको नमूना प्रयोग गर्न अनुरोध गरेका थिए। राजश्रीलाई त्यो बेला अनुमान पनि थिएन कि यसको मद्दतले उनी आफ्नो छोरालाई पुन:प्राप्त गर्न सक्छिन्।

मृत छोराको सुरक्षित राखिएको वीर्यलाई एक परिवारभन्दा टाडाको दाताको अण्डासँग मेल गराइयो । यसपछि यसलाई एक नजिकको नातेदारको गर्भमा हालियो।

२७ वर्षको जवान छोराको सुरक्षित वीर्यको प्रयोग राजश्रीले सेरोगेट गर्भमा गरिन् । प्रथमेशको बच्चाले १२ फ्ब्रुअरीमा जन्म लियो । हजुरआमा राजश्रीले बच्चालाई भगवानको आशिर्वाद बताउदै नातिको नाम छोराको नाम प्रथमेश नै दिएकी छिन् भने नातिनीको नाम प्रीशा राखेकी छिन्।

जमर्नी सम्मको यात्रा
आफ्नो छोरा पुनरप्राप्त पाएकी ठान्ने राजश्रीले यसका लागि जर्मनीसम्मको यात्रा गरिन । उनले जर्मनी गएर छोराको वीर्य हासिल गर्नको लागि आवश्यक सबै औपचारिकता पुरा गरिन् । फर्केर उनले पुणेको सह्याद्रि अस्पतालमा आईवीएफको साहारा लिइन्।

अस्पतालकी आईवीएफ विशेषज्ञ डा. सुप्रिया पुराणिक भन्छिन्,“आईवीएफ प्रक्रिया हाम्रो लागि प्रत्यक दिनको काम हो। तर यो केस अनौठो थियो । यसमा एक यस्तो आमाको भावना जोडिएको थियो जो कुनै पनि मुल्यमा आफ्नो छोरालाई फिर्ता पाउन चाहन्थिन् । पूरा गर्भको दौरान राजश्रीको प्रतिक्रिया निक्कै सकारात्मक रह्यो।”

More News last news
Loading...