काठमाडौं । विश्वकप क्रिकेट छनोट अघिको अभ्यास खेलमा नेपाल आज हङकङसँग खेल्दैछ।
जिम्बाबेमा हुने अभ्यास खेल नेपाली समय अनुसार दिउसो सवा १ बजे सुरु हुनेछ । पहिलो अभ्यास खेलमा नेपालले युएइलाई ५ विकेटले पराजित गरेको थियो।
जिम्बाबेमा २० गतेदेखि हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन।
नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह ‘बी’ मा छ।
नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बाबेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
