पोखरा । लागू औषधसहित पोखरामा ३ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका १० बुद्धचोकमा शंकाष्पद अवस्थामा हिँडिरहेको अवस्थामा उनीहरुलाई समातेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ३ को साथबाट १५ ग्राम खैरो हिरोइन लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । शंका लागेर झोला चेकजाँज गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ फूलबारीका २२ वर्षीय नारायण कार्की, पोखरा १० रामघाटका ४३ वर्षीय खिलेन्द्र गुरुङ र पोखरा १० बुद्धचोकका २३ वर्षीय विवेक खड्का रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धाको काम भइरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
