काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस शुक्लागण्डकी नगर समितिले नेपालीहरुको महान पर्व बडा दशैं, शुभ दिपावली, छठ पर्व एवं नेपाल सम्बतको पाबन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस तनहुँका कार्यबहाक सभापति जीतप्रकाश आलेले ट्रेड युनियनले मजदुरका समस्या जिल्ला काँग्रेस पुर्याउन ठुलो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ट्रेड युनियन जिल्ला सभापति सुर्यचन्द्र हडखले,नेपाली काँग्रेस महासमिति सदस्य एवं नेबिसंघ जिल्ला अध्यक्ष चुणामणी खनाल, काँग्रेस जिल्ला प्रबक्ता महेश्वर भट्टराई, ने.का. शुक्लागण्डकी सभापति माधव भट्टराई, ट्रेड युनियन केन्द्रिय सदस्य रसामाया गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
शु.न.पा. ट्रेड युनियनका अध्यक्ष नारायण प्रसाद पोखरेलले सभापतित्वमा सम्पनन कार्यक्रममा उपाध्यक्ष देवी न्यौपानेले स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन सचिव राधिका गौतमले गरेकी थिईन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
