भक्तपुर । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन्।
अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गएको भदौ ३१ गते धरौटीमा रिहा भएको एक सातामै सुनसरी इनरुवा नगरपालिका–५, घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्। मृतक सुवेदीको शव भक्तपुर अस्पतालमा पोस्टमर्टम गरिएको छ।
कलंकी मालपोत कार्यालयमा खरदारका रुपमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको थियो। त्यसपछि अख्तियारले हाजिर हुन कार्यालयमा बोलाइ कार्यालयबाटै गएको साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो।
२१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ लिँदा ज्यानै गुमाउनु परेको अस्पताल आएका आफन्तले बताएका छन्। अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
