टेनिसमा कमल थापाको विजयी सुरुआत

पोखरा । एनआइसी एशिया बैंक नेपाल आइटिएफ सिनियर्स वल्र्ड -याङ्किङ जी४ टेनिस च्याम्पियनसीप शनिबारदेखि यहाँ सुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालाको टेनिस कोर्टमा ९ असोजसम्म चल्ने प्रतियोगितामा विभिन्न ३ इभेन्ट्समा प्रतिष्पर्धा हुने संघ अध्यक्ष दोर्जे तामाङले बताए ।

Advertisement

पूर्व उपप्रधानमन्त्री समेत रहेका भेट्रान अन्तर्राष्ट्रिय खेलाडी कमल थापाले विजयी सुरुआत गरे । थापाले ५५ वर्षमाथिको इभेन्ट्समा भारतका एसएन वसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन् ।

यस्तै, पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुश्लिमलाई ६–०, ४–६ र ६–० मा पराजित गर्दै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ नतिजा निकाले ।

यस्तै, उत्तम बोगटीलाई पोखरेली खेलाडी विकास गुरुङले ६–३, ६–१ सेटमा पराजित गरे । ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सञ्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दा विकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा हराए ।

गण्डकी प्रदेश आर्थिक विकास समिति सभापति दीपक कोइरालाले टुर्नामेण्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । खेलमा ३५ वर्ष उमेर समूहका १०, ४५ वर्ष उमेर समूहका २२ र ५५ वर्ष उमेर समूहका २० गरी ५२ जना खेलाडी सहभागी रहेको सचिव नवीन चालिसले बताए ।

..

More News last news
Loading...