सल्यान । मजदुरीका लागि भारत गएका सल्यानका एक युवकको डेंगु रोगका कारण मृत्यु भएको छ।
भारतको राजकोटमा मजदुरका लागि पुगेका बनगाड कुपिण्डे नगरपालिका – ७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको मृत्यु भएको हो।
डेंगु संक्रमित भएपछि उनको भारतको राजकोट अस्पतालमा २ हप्ता देखि उपचार भैरहेको थियो । ५ महिना अघि मजदुरीको लागि उनि भारतको राजकोट पुगेको पारिवारिक श्रोतले जनाएको छ।
त्यहाँ उनले होटलमा काम गर्थे । उपचारकै क्रममा गएराती मृत्यु भएको उनका आफन्त खुमबहादुर सार्कीले जानकारी दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
