भगवान गिरी
लिस्बन । गैरआवासीय नेपाली संघ एनआरएनए केन्द्रिय अधिबेशन नजिकै गर्दा विश्व भरिनै विभिन्न पदमा उम्मेद्बारी घोषणा गर्ने हरुको संख्या बढेको को छ । युरोप क्षेत्रीय संयोजक पदमा स्पेनका एकराज गिरीले उम्मेदवारी दिने भएका छन् ।
हाल युरोप उपसंयोजक रहेका गिरीले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप संयोजकमा उम्मेदवारी दिने भएका हुन् । २०१७(१९ कार्यकालमा उप-संयोजक रही काम गरेका गिरीले युरोप संयोजकमा अहिले आफ्नो दावी स्वभाबिक रहेको बताएका छन् ।
अग्रजहरुको सर-सल्लाहमा नै मैले अघि बढ्ने निर्णय गरेको हुँ।’ एक दशकभन्दा लामो समयदेखि स्पेनको नेपाली समुदायमा सामाजिकरुपमा सक्रिय गिरी सन् २०१५/२०१७ को कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य थिए।
यस्तै सन् २०१३/०१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनमा अध्यक्ष रहेका गिरी २०१५-१७ आईसीसी सदस्य भही काम गरेको अनुभवी हुनुहुन्छ । नेपाल पर्यटन बोर्डका स्पेनस्थित मानार्थ प्रतिनिधिसमेत रहेका गिरीले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत बिभिन्न कार्यदलहरुमा रहेर जिम्मेबारी समेत निभाएका छन्।
उनले विनाशकारी भूकम्प जादा स्पेनमा राहत संकलन कार्यको संयोजन गरेका थिए। करिब सवा करोड रुपैयाँ एनआरएन केन्द्रमा संकलन गरी पठाउँदा उनको नेतृत्वदायी भूमिका रह्यो। उनले स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकाबीच ऎतिहासिक सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
स्पेनी लिगाको चर्चित फुटबल क्लव एथ्लेटिको म्याड्रिड र वेष्ट काठमाडौं फुटबल क्लवबीच सहयोग सम्झौताका लागि पनि उनले पहल गरे । एनआरएनए युरोप उपसंयोजक गिरीले लुम्बिनी गार्डेन फाउन्डेसनको अबधारणा पनि अघि सारेका छन्।
गिरीले एनआरएनए स्पेन, राजनीतिक दल निकट संगठन लगायत बिभिन्न संघसंस्थाहरुले आ-आफ्नो तवरबाट सहयोग गर्दै अघि बढ्न आँफूलाई प्रोत्साहन गरेको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
