स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा रहेको खुमा अर्याल फाउण्डेशनले विभिन्न स्थानमा फैलिएको डेगुं रोगबारे सचेतना दिने उद्धेश्यले स्याङ्जाका विभिन्न स्थानमा सचेतना सम्पन्न गरेको छ ।
फाउण्डेशनले स्याङ्जा जिल्लाका विभिन्न स्थानका विद्यालयहरुमा गएर विद्यालय जनचेतना कार्यक्रम मार्फत डेगुंबाट बच्नका लागि गरिने विभिन्न तरिका र डेगुं लागिसकेपछ के कस्ता कुरामा ध्यान दिने बिषयमा जानकारी गराएको थियो । सचेतना कार्यक्रममा गण्डकी मेडिकल कलेजका डाक्टरहरु सहभागी थिए ।
यो अभियान मार्फत करिब १० हजार बिद्यार्थीलाई डेगुं रोगबारे जानकारी दिएको फाउण्डेशनको दाबी छ । यस फाउण्डेशनले छिटै स्याङ्जाका विभिन्न स्थानीय तहहरुमा शिक्षा, स्वास्थ्य र रोजगार सम्बन्धी अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने तयारी थालेको ध्रुव शर्माले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
