लामिछानेको संक्षिप्त समाचार संग्रह विमोचन

पोखरा । अधिवक्ता मातृकाप्रसाद लामिछानेद्वारा लिखित ‘संक्षिप्त समाचार संग्रह-२०७५’ शुक्रबार विमोचन गरिएको छ।

प्राडा रविलाल अधिकारीले पुस्तक विमोचन गर्दै लेखकको प्रयास प्रशंसनीय भएको र उनीबाट प्रेरणा लिनुपर्ने बताए। समीक्षा गर्दै वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले पुस्तकले विगतको घटनाक्रमको जानकारी मिल्ने बताए।

Advertisement

लेखक लामिछानेले समसामयिक घटनाक्रमलाई जीवन्त बनाइराख्न पुस्तकको रुप दिएको बताए। आफूले पुनः २०७६ सालदेखि भए गरेका घटनाक्रमको संकलन सुरु गरेको पनि जानकारी दिए।

उच्च अदालत वार एशोसिएसन पोखराका अध्यक्ष अधिवक्ता रोहितराज बास्तोलाको अध्यक्षमा भएको कार्यक्रममा स्वागत जिल्ला वार अध्यक्ष मुक्तिनाथ सापकोटा र संचालन जिल्ला वार सचिव अधिवक्ता हेमराज बरालले गरेका थिए।

समर्पित कानूनी सेवा प्रकाशक रहेको सो पुस्तकमा २०५५ सालदेखि २०७५ सम्मका घटनाक्रमको संक्षिप्त रुप रहेको छ । पुस्तक २५६ पृष्ठको सो पुस्तकको मूल्य ३ सय ३३ छ।

More News last news
Loading...