गल्याङ उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी, लोकतान्त्रिक समुहबाट श्रेष्ठको उम्मेद्वारी

कुमार बाबु हिताँगा/स्याङ्जा । आगामी शनिवार (भाद्र २८) गते उद्योग वाणिज्य संघ गल्याङको आगामी नेतृत्वका लागि २ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

‘‘व्यवसायिक एकता, संस्थागत गरिमा र प्रतिष्ठा, विधि र बिधानको सर्वोच्चता, लोकतान्त्रिक समुहको प्रतिबद्धता’’ भन्ने नारा सहित अध्यक्षमा धुव्र श्रेष्ठको प्यानल चुनावी मैदानमा उत्रिएको छ । श्रेष्ठ प्यानलको वरिष्ठ उपाध्यक्षमा इन्द्र अधिकारी,उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा कृष्ण प्रसाद भटट्राई, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा नेत्रलाल भुषाल, सह–कोषाध्यक्षमा होमलाल भट्टराई र सदस्यमा गुम प्रसाद थापा (गौतम), नर बहादुर गुरुङ, ऋषी बस्याल, राम प्रसाद रेग्मी र नुमन गहतराज रहेका छन् ।

Advertisement

अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले व्यवसायीका हितका लागी लडिरहेको बताउँदै उनले नेतृत्व पाए अँझै व्यवसायीका हितमा काम गर्ने र यस क्षेत्रको औधोगिक तथा पर्यटनको बिकासमा जोड दिने बताए ।

घरवहाल सम्झौता,कर सम्बन्धि विभिन्न समस्याहरु देखा परिरहेको बेला समस्या समधानमा पहल गर्ने हाम्रो प्रतिवद्दता रहेको बताए । उनले भने “थप गतिशिल उद्योग बाणिज्य संघको निर्माण गर्ने ब्यवसायिहरु पलायन हुन नपर्ने बाताबरणको सिर्जना गर्ने हाम्रो प्रतिवद्दता हो ।”

More News last news
Loading...