पोखरेली ट्याक्सी सेवा प्रालिमा प्रकाशमणि तिवारी

पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालि (साविक ट्याक्सी व्यवसायी समिति पोखरा) को ३९ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट प्रकाशमणि तिवारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि समितिको अध्यक्ष रहेका तिवारीलाई व्यवसायीले रुपान्तरिक कम्पनीको पनि अध्यक्षमा चुनेका हुन्।

यस्तै, प्रालि सञ्चालकमा शोभाकान्त पौडेल, रामजी घिमिरे, युवराज भट्टराई, पूर्णबहादुर गुरुङ, सूर्यबहादुर थापा, कृष्णबहादुर थापा, मधुसुधन पौडेल, युवराज गुरुङ, नारायणप्रसाद शर्मा, सुरथ पौडेल छन्। यस्तै उपसमिति सदस्यमा मदनकुमार सुनार, डिलबहादुर नेपाली, वीरेन्द्रप्रसाद श्रेष्ठ र डुलबहादुर राना चयन भए । समितिको कार्यकाल ४ वर्षको रहनेछ।

Advertisement

अध्यक्षमा निर्वाचितपछि तिवारीले आगामी दिनमा पनि ट्याक्सी व्यवसायीको हकहितमा लडिरहने बताए। सााधारणसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गरे।

व्यवसायमा प्रतिष्पर्धा स्वभाविक हुने भन्दैै उनले आफ््ना हक अधिकारका लागि पनि एकजुट हुन उनको आग्रह छ।कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वाँर, हरिशरण केसी, उपाध्यक्ष ऐनकुमार साई, महासचिव सरोज सिटौली, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्की, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेकपा कास्कीका कार्यालय सचिव दामोदर बैरागी लगायतले बोलेका थिए।

More News last news
Loading...