कास्कीमा ६ सय ४९ डेङ्गु पीडित

पोखरा । कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६ सय ४९ डेङ्गु रोगबाट पीडित भएका छन्। गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका चिकित्सक भोजराज गौतमले जानकारी दिए।

Advertisement

बिरामी क्रमिकरुपमा सुधार भइरहेको जानकारी दिँदै उनले यस प्रदेशअन्तर्गत नवलपुरमा ६७ वर्षीय एक व्यक्तिको ज्वरोले मृत्यु भएको छ । सो सम्बन्धमा अनुसन्धानका लागि टोली खटाइएको डा गौतमले बताए।

More News last news
Loading...