पर्सामा एकै दिन तीन जनाले गरे झुण्डिएर आत्महत्या

वीरगञ्ज । पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन्। जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन्। उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ।

Advertisement

बिहीबार नै पर्साको पटेर्वासुगौली गाउँपालिका-१ मुजबनियाकी १६ बर्षीया ललिता देवीले झुण्डिएर आत्महत्या गरेकी छन् । सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाइ उनले आत्महत्या गरेकी थिइन् । उनको ६ महिना अघि मात्रै विवाह भएको थियो। पारिवारिक कलहको कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

त्यसैगरी वीरगञ्ज–१ छप्कैयाकी १९ बर्षीया रुकसार खातुनले पनि बिहिबार झुण्डिएर आत्महत्या गरेकी छन्। आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाइ उनले आत्महत्या गरेकी हुन्।

More News last news
Loading...