स्याङ्जाको गल्याङमा जीप दुर्घटना, एक बालकसहित २ जनाको मृत्यु

स्याङजा । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा एक बालकसहित २ जनाको मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ् तर्फ आइरहेको ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिका बजार नजिकै विपिसीको उकालोमा दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ बर्षिय बालकको सनाखत हुन बाँकी छ । बालकको घट्नास्थलमै मृत्यु भएको छ भने रम्भागाँउपालिकाकी ५५ बर्षिय खनीमाया नेपालीको पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाईएको छ ।

अत्यन्तै ओभरलोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कँदै गरेका महिला धेरै रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...