पोखरा । पोखराको विजयपुर खोलामा भर्खरै निर्माण भएको बेलिब्रिजले पनि ३५ टन भन्दा बढी भारका सवारी साधन धान्न नसक्ने भएपछि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम प्रभावित बनेको छ।
विमानस्थल निर्माणका लागि आवश्यक सामान पोखरा भित्राउन नपाएपछि हाल विमानस्थल निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनीले जनाएको हो।
१० टन भारवान क्षमताको मोटरेबल पुल जोखिममा परेपछि केही दिन अगाडि मात्रै ३५ टन भारवान क्षमताको वैकल्पिक बेलीब्रिज निर्माण भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
