रिजन नेपाल
पोखरा । लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । संघको १२ औं अधिवेशनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्तामा उनको मात्र उम्मेदवारी परेपछि आगामी कार्यकालका लागि उनी निर्वारोध भएका हुन् । अन्य पदमा पनि ढकाल निकटको प्यानल निर्विरोध भयो ।
संघको वरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी राजु र कोषाध्यक्षमा जानुका अधिकारी निर्विरोध भएका छन् ।
खुला आठ जना सदस्यमा भरतराज ओझा, भीमबहादुर सार्की, बुद्धिप्रसाद बास्तोला, धीरजकुमार श्रेष्ठ, मेनका श्रेष्ठ, राधाकृष्ण अधिकारी, रामजी पौडेल र शैलेन्द्रमोहन भट्टराईको मात्र उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्यमा दिलकुमारी दाहाल सन्ध्या, इन्दिरा रोका, एशोसिएट सदस्यमा विक्रम कर्माचार्य एवं संस्थागत सदस्यमा सुदेव गुरुङ्ग चयन भएको संघका पूर्व अध्यक्ष बाबुराम गिरीले जनाए ।
भदौ १२ सम्मका लागि उम्मेदवारी फिर्ता लिने समय भएकोले निर्वाचन समितिले भने निर्विरोध घोषणा गरिसकेको छैन । निर्वाचन उपसमिति संयोजक अधिवक्ता खगेन्द्रराज आचार्यका अनुसार आवश्यक संख्या भन्दा कमका लागि उम्मेदवारी फिर्ता हुने छैन ।
अध्यक्षमा निर्विरोध ढकालले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनका लागि गुड फ्राइडे, विभिन्न उत्पादनको बिक्रीस्थल बन्ने गरी च्याम्बर भीलेजको स्थापना लगायतका अवधारणा अघि सारेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
