पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् शुक्रबार बेलायत प्रस्थान गरेका छन् ।
बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार प्रस्थान गरेको स्वकीय सचिव सुर्यप्रसाद गुरुङले जानकारी दिए ।
हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मुल नारासहित आइतबारदेखि बेलायतमा नेपाली मेला सुरु हुँदैछ । सोही मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुने छन् । तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)