७ वर्ष मकाउमा बसेर फर्केका बिनोदले खोले पोखरामा होलसेल पसल

पोखरा । सात वर्षसम्म विदेशमा बसेर फर्केका एक युवाले पर्यटकीय नगरी पोखरामा ‘पहिरा ब्युटीपार्लर एण्ड कलेक्सन हाउस’ नामको होलसेल तथा खुद्रा पसल सञ्चालनमा ल्याएका छन्।

सात वर्षसम्म मकाउ बसेका विनोदकाजी पौडेल र उनकी श्रीमती रेखा क्षेत्री पौडेलले पोखराको विरौटास्थित शिशु निकेतन मार्गमा पसल सञ्चालनमा ल्याएका हुन्। भदौ १ गतेबाट सञ्चालनमा आएको उक्त पसलबाट ग्राहक महानुभावहरुले ब्युटी पार्लरसम्बन्धी सम्पूर्ण सेवा पाउने रेखा क्षेत्री पौडेलले बताइन् ।

Advertisement

‘हामीले पसलमा बच्चादेखि बृद्धसम्मका महिला तथा पुरुषहरुका लागि आवश्यक पर्ने कपडा, जुत्ता चप्पल, व्यागलगायतका सामानहरु राखेका छौं। हामीले यो पसलबाट होलसेल तथा खुद्रा व्यापार गर्छौं।’ पसलका सञ्चालक विनोदकाजी पौडेलले भने।

पसल उद्घाटनको अवरमा भदौ १० सम्म पाँचदेखि १० प्रतिशतसम्म छुट दिइने पनि पौडेलले बताए । ‘हाम्रो वेयर हाउसमा आएका ग्राहकहरु सामान पाइन भनेर फर्कनु पर्ने अवस्था आउँदैन।’ पौडेलले भने।

More News last news
Loading...