सामान्य किराना पसल संचालन गरेर जिविकोपार्जन गर्दै आएका तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको (काइलाको) घाँटी रेटेर हत्या भएको छ।
पुल बन्द गरेर घर हिडेक काइला घर नपुगेपछि उनको खोजि भएको थियो र भोलिपल्ट सोमबार उनको शब घर नजिकैको झाडीमा फेला परेको हो। पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हुन सक्ने र घटनाको शुस्म अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। शाहीको शव बन्दीपुर गाउँपालिका-४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ। सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए।
स्थलगत भिडियो रिपोर्ट हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
