पोखरामा काँग्रेसको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सुरु

रिजन नेपाल
पोखरा । पोखरामा शुक्रबारदेखि नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेसन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सुरु भएको छ।

Advertisement

प्रशिक्षणको लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्षनेताहरु पोखरा आएका छन्। कार्यक्रम कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ बिरौटास्थित बराल पार्टी प्यालेसमा सुरु प्रशिक्षण २ दिन चल्नेछ।

कार्यक्रममा गण्डकी प्रदेशका ४ सय जनाभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको काँग्रेस जिल्ला सभापति कृष्ण केसीले बताए।

More News last news
Loading...