पोखरा समाचारदाता
पोखरा । पोखरा महानगरपालिका वडा १८ का वडाध्यक्ष रणबहादुर थापालाई कास्की प्रहरीले पक्राउ गरेको छ। तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थापासहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेलसमेत पक्रा परेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। वडाध्यक्ष थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाउन सहयोग गरेको प्रहरीे आरोप छ।
विदेशीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखराबाट २ विदेशी सहित ८ जना पक्राउ थिए। तिब्बतीयन नागरिक तासी आङबो र सरु आङबोलाई कास्कीबाट नागरिकता दिलाउन झुठा कागजात बनाउने उनका हजुरबुबा पोखरा १८, सराङकोट निवासी लेखबहादुर थापा सहित ८ जना पक्राउ परेका थिए। लेखबहादुरका नातिनीहरु सरु र तासीआङ्मोले कास्कीबाट २६ जेठ र ६ असारमा नागरिकता लिएका थिए।
अदालतले गैरनेपालीलाई नागरिकता बनाएको ठहर गरेमा १ वर्षदेखि ५ बर्ष जेल र ५० हजारदेखि १ लाखसम्मको जरिवाना हुने कानूनी व्यवस्था रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
