काठमाडौं । स्याङजामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ। चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछा मार्न गएका २ जनाको जालमा बेरिएर ज्यान गएको हो।
ज्यान गुमाउनेहरुमा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेका छन्। निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा वीरबहादुर पनि जालमा बेरिएको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
