काठमाडौं । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ सुविधानगरबाट तिनकुने बस्ने नवलपरासी घर भएका १९ वर्षीय मनिष चापागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सोही ठाउँस्थित बिग मार्ट अगाडि पार्किङ गरी राखेको बा.५८ प १६६४ नम्बरको मोटरसाइकल शुक्रबार साँझ हराएकोले खोजी गर्ने क्रममा सोही ठाउँमा रहेको विप्लप मोटरसाइकल वर्कशपमा नम्बरप्लेट परिवर्तन गर्दै गरेको अवस्थामा फेला पारी मनिषलाई प्रहरीले पक्राउ गरेको हो
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
