स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धी बहादुर राना (कुमार) लाई पितृ शोक परेको छ ।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्वर ४ स्थायी घर भएका कुमारका पिता टोप बहादुर रानाको ७७ वर्षको उमेरमा बिहिबार आफ्नै निवासमा निधन भएको भएको हो । भारतीय सेनाबाट अवकास पछि राना निरन्तर प्रजातान्त्रिक बिचारको लागि सक्रिय रहदै आएका थियो ।
स्वर्गीय राना नेपाली काँग्रेसको तर्फबाट २०५४ सालमा पुतलीबजारको नगर सदस्यमा निर्बाचित भएका थिए । स्वर्गीय टोप बहादुर रानाका दुई छोरा, दुई छोरी र एक श्रीमती छन् ।
उनको अन्तिम संस्कार साउन २४ गते बिहान ११ बजे पोखराको रामघाटमा गरिने कुरा पारिवारिक स्रोतले जानकारी दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
