बागलुङको तुरतुरे ताल फुट्यो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । गतवर्ष पहिरोले खोला थुनिँदा बनेको तुरतुरे तालको केही भाग फुट्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।

अबिरल वर्षाका कारण बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको ताल शनिबार राति फुटेको छ। ताल फुटेपछि तालमा रहेको पानीको सतह करिब ५० प्रतिशत घटेको छ।

Advertisement

तुरतुरेताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछी त्यस तलका तटिय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार क्षेत्रमा स्थानीयबासी केहि आतंकित बनेका थिए।

तालको पानी घट्ने क्रम रहेकाले आतंकित हुनुपर्ने अवस्था नरहेको भएपनि सबै तटिय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था भने रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।

ताल फुटेर पानी बिस्तारै बगेकाले त्यस्तो कुनै समस्या नदेखिएको प्रजिअ क्षेत्रीको भनाई छ। अहिलेसम्म खोलाको बहावले कतै कुनै क्षति नगरेकोले आत्तिनु पर्ने अवस्था नरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए।

ताल तलको करिव २ सय मिटर सडक बगाएको छ।

More News last news
Loading...