स्वर्गिय पंगेनीको स्मृति दिवसमा अनाथ आश्रमलाई सहयोग हस्तान्तरण

काठमाडौँ । नेपाल विद्यार्थी संघ स्याङ्जा-काठमाडौँ सम्पर्क समितिको आयोजनामा चन्द्रागिरी वडा नं १२, पुरानो नैकापमा रहेको अनाथ आश्रममा सहयोग हस्तान्तरण गरिएको छ।

नेपाली कांग्रेस स्याङ्जाका पार्टी सभापति एवम् संविधान सभा सदस्य स्वर्गिय कमलप्रसाद पंगेनीको प्रथम वार्षिकीको स्मृति दिवसका सन्दर्भमा आज कालिका बाल विकास केन्द्र, चन्द्रागिरी वडा नं १२, पुरानो नैकापमा रहेका अनाथ, असहाय बालबालिकालाई लत्ता कपडा, शैक्षिक र खाध सामाग्री वितरण गरिएको हो।

Advertisement

नेपाली कांग्रेसका पुर्व उपसभापति गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोपालमान श्रेष्ठ, विशिष्ट अतिथि नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, संस्थाका संचालक ज्ञानुदत्त भट्ट र कांग्रेस वडा सभापति केपी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए। यसैगरी कार्यक्रममा प्रदेश सभा उम्मेदवार एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी विष्णु पौडेल, महासमिति सदस्य महिला संघ केन्द्रीय सदस्य माया राना, बौद्धिक नेता चिरन्जिवी भण्डारी लगायतका नेताहरुले स्वर्गिय कमल प्रसाद पंगेनीको राजनैतिक जीवन र योगदानका बारेमा चर्चा गरे ।

कार्यक्रममा प्रमुख अतिथिले अनाथ बालबालिकालाई ट्रयाक सुट सेट, टिसर्ट कपडा, जुत्ता चप्पल, चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्री तथा स्टेशनरी सामाग्रीहरु पनि हस्तान्तरण गरे।  कार्यक्रमको सञ्चालन नेविसंघ स्याङ्जा-काठमाण्डौ सम्पर्क समितिका उपसभापति नवराज पौडेलले गरेका थिए ।

More News last news
Loading...