पोखरा । पोखरा २४ सराङकोटको ओरालोमा टाटासुमो पल्टिँदा ४ जना घाईते भएका छन् ।
सराङकोटबाट पोखरा तर्फ झर्दै गरेको ग १ ज ६१११ नम्बरको टाटासुमो शनिबार बिहान नौ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाईते हुनेहरुमा बाग्लुङ ८ का ३२ वर्षीय सुजन परियार, ३६ वर्षीय राजकुमार परियार, ४७ वर्षीय मिनबहादुर परियार र ४४ वर्षीय धनबहादुर परियार रहेका छन् ।
घाईते सबैको मेट्रो सिटी अस्पताल, सिर्जनाचोकमा उपचार गरिएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाग्लुङबाट परियारको सपरिवार पोखरा घुम्न आएको बताईन्छ । टाटासुमोमा ९ जना सवार थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
