जुवामा श्रीमती हार्दा साथीबाट सामुहिक बलात्कार !

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित जउनपुर जिल्लामा हालै भएको एक घटनाले महाभारतकोे याद दिलाएको छ। महाभारत पर्वमा पाँच पाण्डवले द्रोपतीलाई मामा सकुनीद्वारा मायाजाल युक्त पासामा फसायको कथा त हामिले सुनेकै हो तर कलियुगको महाभारत भने अहिले समाजिक सञ्जालमा चर्चामा छ।

द्वापरयुगको महाभारत कलियुगको महाभारबिच फरक के मात्रै छ भने, द्वापरयुगमा पाण्डवले आफ्नी पत्नीलाई कौरवको मायावी जालमा नचाहाँदा नचाहाँदै गुमाउन पुगेका थिए भने कलियुगको महाभारतमा भने आफ्नै श्रीमानद्वारा रक्सीको नसामा श्रीमती दाँउमा राख्दै, बारम्बार हार्दे, सामुहिक बलत्कार गराउदै आएका थिए।

Advertisement

एजेन्सीका अनुसार उक्त योजना पीडितका श्रीमानले रक्सी खाएर जुवा खेल्नुपूर्व नै सहमती गरिसकेका हुन्थे। आफुले हारेमा श्रीमतीसंग सम्बन्ध बनाउनमा कुनै रोकटोक नहुने उनको सहमती रहने गर्थो।

भारतीय सञ्चार माध्ययमले जनाए अनुसार, पीडित महिलाका श्रीमान जुवा र रक्सीको कुलतमा फसेका छन। श्रीमानका साथी अरुण संगै एक जना अनिल नाम गरेका आफन्त प्रायः उनको घर आउ जाउ गरिरहन्थे। उनीहरु आएपछि रक्सी र जुवा सुरु गर्दे श्रीमतीलाई आफुहरुको सेवामा लाग्न दवाव दिन्थे।

कुनै न कुनै वहानामा आफ्नी श्रीमतीलाई नजिक बोलाएर साथीहरुलाई श्रीमतीको मोल देखाउन खोज्थे। एक दिन आफुसंग भएको पैसा जति जुवामा हारेपछि पतिले श्रीमतीलाई दाउँ लगाए र हारे। उनले श्रीतीलाई हारेपछि पूर्व योजना अनुरुप अरुण र अनिलबाट उनी सामूहिक बलात्कारको सिकार बनिन्।

आफुमाथी अपराध सहन नसकि उनले घर त छाडेर हिडिन तर अन्त जाने ठाँउ नहुँदा माइतीको सरणमा बस्न थालिन। घटनाको केहि दिनपछि माइतमै पुगेका श्रीमानले यस्तो गल्ती पुनः नदोहरिने वाचाका साथ माफी मागेर उनलाई फर्काएर ल्याएका थिए।

तर, घर फर्किंदै गर्दा बीचमै गाडी रोखेर पतिले अनिल र अरुणलाई पनि गाडीमा बसाले। दुवैले जुवामा हारिएकी हुँदा उनले फेरि पालैपालो बलत्कार गरे। महिलाले घटनाको उजुरी पुलिसमा गर्दा पुलिसले मुद्दा दर्ता गर्न मानेन। पुलिसले कुरा नसुनेपछि उनी अदालत पुगेकी थिइन्। अदालतले घटनालाई गम्भीरको श्रेणीमा राखेर कारवाही अगाडि बढाई कार्वाहि सुरु गरेको छ।

More News last news
Loading...