काठमाडौं । नेपाली काँग्रेस स्याङ्जाका तत्कालीन जिल्ला सभापति कमल प्रसाद पंगेनी पहिलो स्मृती दिवसमा केन्द्रिय सभापति शेरबहादुर देउवा सहितका नेताहरु स्याङ्जा जाने भएका छन् ।
श्रावण २० गते भीरकोट नगरपालिकाको सुन्दर बजारमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको र सभापति देउवा सहित केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापा, केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका केन्द्रिय नेताहरु कार्यक्रममा सहभागी हुने कार्यवहाक जिल्ला सभापति कुमार रानाले नयाँपुस्तालाई जानकारी दिए ।
कार्यक्रममा ७७ औं जिल्लाका सभापति, केन्द्रिय कार्यसमितिका साथीहरु, सांसदहरु र भातृ संगठनका प्रमुखहरुलाई समेत आमन्त्रण गरिएको उनले बताए ।
लामो समय काँग्रेसको राजनीतिमा आफ्नो जीवन व्यतित गरेका पंगेनीको स्मृति दिवसमा उनका विविध पक्षहरु समेटेर तयार पारिएको “कमल पंगेनी स्मारिका” को लोकापर्ण समेत गरिने छ । संविधान सभा सदस्य समेत रहेका पंगेनीको गत साल साउन २० गते हृदयघातका कारण निधन भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
