नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नंं ८ स्थित विजयचोक नजिक आज शुक्रबार एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ३५–४० वर्षको एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो। बिहान करिब ८ बजेको समयमा बाँझो खेतमा भैंसी चराउन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शवको प्रकृति हेर्दा अन्दाजी ५ फिट ५ इन्च उचाई रहेका पुरुष व्यक्ति रहेका छन । कालो पाइन्ट र सेतो बुट्टे सर्ट, कालो गलबन्दी र मेजिक चप्पल लगाएको अवस्थामा विजयचोकबाट करिब ५० मिटर दक्षिण पश्चिम तर्फको बाँझो खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी गराएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
