फेवातालमा युवकको शव फेला

पोखरा । पोखराको फेवातालमा बिहीबार बिहान शव फेला परेको छ। पोखरा ६ खहरे खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक विजय भण्डारीले बताए।

अन्दाजी ३५ वर्षका उक्त पुरुषको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। ‘शव दुई दिन जत्तिको हुनसक्छ।

Advertisement

भित्री बस्त्र मात्र लगाएको अवस्थामा भेटिएकाले पौडी खेल्न जाँदा डुबेको अनुमान गरेका छौं  प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

More News last news
Loading...