ट्याक्सीमा छुटेको साढे दुई लाख रकम सम्बन्धीत व्यक्तिलाई फिर्ता

काठमाडौँ । आजभोलि धेरैले भन्ने गर्छन मानिसमा ईमान्दारिता अनि मानवत भन्ने त हराउँदै गएको छ। यो कुरा गलत नै भन्न त यसै सकिने रहेनछ। कसैमा मानवता अनि ईमान्दारिता दुवै हुने गर्छ। हो यस्तै असल मानिस राजधानीमै भेटिएका छन्।

उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गर्नुभएको हो।

Advertisement

खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैं पैसा फिर्ता गर्न महाशाखा आउनुभएको थियो। चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरे।

More News last news
Loading...