एजेन्सी। उडिरहेको विमानबाट खसेर माडागास्करमा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। एलाना कटल्याण्ड नामकी १९ वर्षकी ती छात्रा एक महिनाअघि मडागास्करमा इन्टर्नका लागि गएकी थिइन्।
द गार्डियनको समाचारमा उल्लेख भएअनुसार उनी सेस्ना स्टाइल सानो विमानबाट खसेकी हुन्। विमान सभानामाथि उडिरहेको बेला उनी खसेकी हुन्। उनी अनुसन्धानका लागि गएकी थिइन्। उनको परिवारले उनलाई प्रतिभाशाली विद्यार्थी भनेको छ।
परिवारले एक वक्तव्य प्रकाशित गर्दै उनी संसारका रहस्यहरु खोज्न उत्सुक भएको उल्लेख गरेको छ। क्याम्ब्रिज विश्वविद्यालयको रोबिन्सन कलेजका तर्फबाट डा. डेभिड उडम्यानले पनि एक वक्तव्य प्रकाशित गर्दै उनीप्रति श्रद्धाञ्जली दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
