अफगानिस्तानमा सन् २०१९ को पहिलो छ महिनामा विद्रोहीभन्दा नेटो गठबन्धन सहितको सरकारपक्षीय फौजद्वारा धेरै सर्वसाधारण मारिएको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ।
तालिबानविरुद्ध गरिएको भीषण अमेरिकी हवाई कारबाहीका बीच यो वर्षको आरम्भदेखि जुन महिनासम्मको अप्रत्यासित तथ्याङ्क प्रकाशमा आएको हो।
राष्ट्रसङ्घका अनुसार उक्त अवधिमा लडाकुद्वारा पाँच सय ३१ जना मारिएकोमा अफगान र नेटो नेतृत्वको फौजद्वारा सात सय सर्वसाधारण मारिएका छन्।
अमेरिकी सेना फर्काउन वाशिङ्टन र तालिबानबीच वार्ता भइरहेको बेला यो तथ्याङ्क सार्वजनिक भएको छ।
प्रवृत्तिफेरिएन
अफगानिस्तानस्थित राष्ट्रसङ्घीय सहायता निकायका अनुसार यो वर्षको पहिलो छ महिनामा ८९ बालबालिकासहित तीन सय ६३ जनामध्ये अधिकांश अमेरिकी युद्धक विमानद्वारा गरिएको हवाई आक्रमणमा मारिएका हुन्।
अमेरिकी सेनाले उक्त तथ्याङ्क अस्वीकार गरेको छ। आफ्नो फौजले सधैँ गैरसैनिक नागरिकलाई क्षति नहुनेगरी काम गरेको भन्दै आफूले सङ्कलन गरेका प्रमाण थप यथार्थपरक भएको उसको भनाइ छ।
तर उसले सर्वसाधारण हताहत भएकोबारे कुनै तथ्याङ्क दिएको छैन।एप्रिल महिनामा राष्ट्रसङ्घले दिएको प्रतिवेदनपछि यो तथ्याङ्क आएको छ। सन् २०१९ को पहिलो तीन महिनाबारे तयार पारिएको अघिल्लो प्रतिवेदनको निष्कर्ष पनि समान छ। नयाँ तथ्याङ्कले त्यो अप्रत्यासित प्रवृत्ति जारी रहेको देखाउँछ।
सर्वसाधारणको मृत्यबारे सङ्कलित सम्पूर्ण तथ्याङ्कमध्ये मुख्य कारण स्थल कारबाही नै देखिन्छ। त्यसपछि बम र हवाई कारबाहीमा एकतिहाइको ज्यान गएको छ।
आफ्नै तर्क
तर राष्ट्रसङ्घले हताहत हुनेको सङ्ख्या घटेको बताएको छ। सन् २०१९ को पहिलो आधा वर्षमा मारिने र घाइते सर्वसाधारणको सङ्ख्या तीन हजार आठ सय १२ छ। यो सङ्ख्या सन् २०१२ यता पहिलो छ महिनाको सबैभन्दा कम हो।
हताहत हुनेको सङ्ख्या घटे पनि सर्वसाधारणको सङ्ख्या ‘आश्चर्यजनक र अस्वीकार्य’ किसिमले कायम रहेको राष्ट्रसङ्घले जनाएको छ।
उसको प्रतिवेदनका अनुसार ज्यानुअरी १ देखि जुन ३० सम्म सर्वसाधारणलाई नियतवश निसाना बनाइएको विद्रोहीको आक्रमणमा नौ सय ८५ जना सर्वसाधारण मारिएका र घाइते भएका छन्।बीबीसीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
