महेन्द्रनगर : शिक्षकको नाममा औँठा छाप लगाएको सुसाइड नोट छोडेर विद्यार्थीले गरे आत्महत्या

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्। कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत भीमदत्त नगरपालिका भाँसीका सुरज लेखकले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका हुन्।

उनले ‘सुसाइड नोट’ मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन्। कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार शुक्रवार कलेज नआएका सुरज र उनका अन्य दुई साथीहरु कलेज नजिकैको होटलमा बसेका थिए।

Advertisement

कलेज समयमा कलेजको पोशाकमा होटलमा बसिरहेका उनीहरूलाई संयोजक हरिलाल जोशीले समातेर कलेजमा पुर्‍याए। तिनै जनालाई धेरैबेर कलेजमा नै पर्खाएर पछि भोलिदेखि नियमित विद्यालयमा आउने लिखित प्रतिबद्धता गराएर छोडिएको थियो।

उनीहरूबाट लिखित रूपमा कागजमा ‘औँठा छाप’ गराएर अनि उनीहरूको अभिभावकलाई विद्यार्थीको अवस्था बारे जानकारी समेत दिइयो। तर सुरजका अभिभावकसँग सम्पर्क हुन सकेन।

More News last news
Loading...