नेकपाका कास्की जिल्ला सेक्रेटरी विक पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मालाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेकोे छ।

विकलाई शनिबार पोखराको फनपार्क नजिकैबाट गिरफ्तार गरिएको हो । उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ।

Advertisement

सरकारले वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्न छोडेको छैन।

यी घटनाहरुलाई हेर्दा सरकार वार्ताको वातावरण बनाउनुभन्दा पनि नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गर्ने र दमन गर्ने अभियानमा लागेको देखिन्छ।

More News last news
Loading...