विजयपुरमा निर्माणधिन बेलीब्रिज सञ्चालनमा (भिडियोसहित)

 

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज आजबाट सञ्चालनमा आएको छ।

उक्त बेलीब्रिज शुक्रबार साँझदेखि सञ्चालनमा आउने भनेपछि केही काम बाँकी रहेका कारण आजबाट सञ्चालनमा आउने भएको हो। डाइभर्सन पुलको विकल्पमा प्ररिक्षण गरी शनिबारदेखि बेलीब्रिज संचालनमा आउने भएको सडक डिभिजन कार्यालय पोखराका सडक डिभिजन प्रमुख हरि पोख्रेलले बताए।

Advertisement

सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज निर्माण गरिएको हो। बेलीब्रिज अस्थायी प्रकृतिको पुल हो। यो बेलीव्रिज ५ बर्षसम्म सञ्चालन गर्न सकिने बताइएको छ। पाँच बर्ष भनेपनि ८ देखि १० बर्ष सम्म बेलिबिज्र प्रयोग गर्न सकिने जनाइएको छ।

विजयपुरमा निर्माण भएको बेलिव्रिज २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज हो।

हेर्नुहोस् बेलिव्रिजको भिडियो

More News last news
Loading...