पोखरा । एक किशोरीलाई बन्धक बनाई लगातार जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक २८ वर्षीय राजेशकुमार कानोडिया हुन्।
उनले पोखराको लेकसाइडस्थित डिहिकोपाटनको द कन्ट्री यार्ड होटलको कोठामा ती बालिकालाई बन्धक बनाई जबर्जस्ती करणी गर्दैआएको प्रहरी अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार ती बालिकाले प्रयोग गर्ने मोवाइल समेत नियन्त्रणमा लिई अभिभावकलाई समेत सम्पर्क गर्न नदिई ८ दिनदेखि बन्दक बनाई जबरजस्ती करणी गर्ने कार्यमा समेत कानोडिया संलग्न हुँदै आएका थिए।
प्रहरीले मंगलवार साँझ कानोडियालाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको जनाएको छ। साथै ती पीडित बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
