काठमाडौँ । दोर्दीखोलामा बुधबार अपरान्ह आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ । २० जना भन्दा बढी सम्पर्कविहीन भएका छन् । दोर्दी गाउँपालिका–४ शेरापुल नजिकै दुई जनाको शव फेला परेको हो।
यस्तै कीर्तिपुरमा पनि थप दुईजनाको शव फेला परेको छ । उनीहरुको पहिचान खुल्न नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
दोर्दी गाउँपालिकाको–६ ताँजेमा ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत आयोजनाको टनेलमा बाढी पस्दा ३ जना बेपत्ता भएका छन्।
टनेल भित्र बाढी पसेपछि फसेका १७ मजदुर मध्ये १४ जनाको सकुसल उद्दार गरिएको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले बताए।
हराइरहेका ३ मजदुरको खोजी भइरहेको छ। बाढीले आयोजनाको २ लोडर, २ वटा ट्याक्टर, २ कम्प्रेसर, एउटा जेनेटरलगायतका सामाग्री बगाएको छ। त्यस्तै बाढीमा परी लिवर्टी ईनर्जी पावर कम्पनीद्धारा प्रवद्र्धित दोर्दी जलविद्युत आयोजनामा कार्यरत १५ भन्दा बढी सम्पर्कविहीन भएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
