नवलपरासी । लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयले गण्डक नहरको डिल भत्काइदिएका छन्।
गाउँ नै डुब्ने अवस्थामा पुगेपछि उनीहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन्। बुधबार बिहानै कोदालो, गैंची लिएर उनीहरु नहरको डिल पुगेका थिए।
त्रिवेणीमा भारतीयले बनाएको नहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ। त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ। नहरका कारण सयौ बिघा खेत र सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित छन्।
भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
