पाँचथर । हिलिहाङ गाउँपालिकामा सोमबार बिहान मन्दिरको ढलान खस्दा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ भारपाकोटारीस्थित यलम्बर पार्कमा निर्माणाधिन मन्दिरको छत खसेको हो ।
२० दिनअघि ढलान गरिएको छत सटिङ खुस्काउने क्रममा खसेको स्थानीय अर्जुन रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार छतले च्यापिएर जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको छ ।
प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा खसेको बताउनु भयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
