बाँदर धपाउन खोज्दा भीरबाट लडेर १ जनाको मृत्यु

काठमाडौ । वर्षायाममा मकै खान आएको बाँदर धपाउन खोज्दा एकजनाको ज्यान गएको छ ।

मकै बारीमा आएको बाँदर धपाउन खोज्दा बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा मकै बारीमा चिप्लिएर भिरबाट खस्दा एकजनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा २० वर्षीय सुदर्शन पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक झविन्द्र प्रसाद भट्राईले जानकारी दिनुभयो ।

बारीको नजिकै भिर रहेको र बाँदर लखेट्ने क्रममा चिप्लिएर भिरबाट खसेको भन्दै स्थानियले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले भिरबाट ५ सय मिटर तलबाट मृतकको शव फेला पारेको थियो ।

More News last news
Loading...